बाढीपीडितका पीडा- भोकसँगै रोगले पनि सताउन थाल्यो {स्थलगत रिपोर्ट}

असार २५, २०८१ |हरिश्चन्द्र बाग|टेकराज जोशी
बाढीपीडितका पीडा- भोकसँगै रोगले पनि सताउन थाल्यो {स्थलगत रिपोर्ट}

कैलाली/कञ्चनपुर । केही दिनयताको लगातारको वर्षाले सुदूररपश्चिमका कैलाली कञ्चनपुरमा ठुलै क्षति पुर्यायो । बाढीले प्रभावित भएकाहरु अहिले घरबासविहीन भई सार्वजनिक स्थानमा आश्रय त लिइरेका छन् । तर यी पीडितहरुलाई अब भोकसँगै रोगको संक्रमणले समेत सताएको छ ।

गत शुक्रबारदेखि हिजो साँझसम्म कैलाली कञ्चनपुरमा निरन्तर झरी पर्‍यो। अहिले बाढीको पानी घटेपछि विस्थापित भएका चार हजारमध्ये धेरै घर फर्किएका छन् । तर केही अझै विद्यालय र सार्वजनिक क्षेत्रमा आश्रय लिइरहेका छन् ।

चौधर नदीको नहर फुटेर गाउँ पस्दा विस्थापित भएका बेलडाँडी गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाका विस्थापितहरू अझै घर फर्किन सकेका छैनन् ।

त्यसैगरी दोदा नदी गाउँ पसेको कञ्चनपुरको पुनर्बास नगरपालिकाका पीडितहरूको पनि विचल्ली छ । उनीहरू गर्मी, झरीको कहरमा लामखुट्टेको टोकाइ र सर्पले टोक्ने डरका बीच भोकभोकै बस्न बाध्य छन् ।

शौचालयको व्यवस्था छैन भने पानी दूषित भएका कारण पीडितहरूमा पानीजन्य रोगको संक्रमण फैलिनसक्ने त्रास छ ।

विस्तृत भिडियोमा :

यो पनि...

बाढीपीडितका घरमा ३ दिनसम्म चुलो बलेन [भिडियो रिपोर्ट]


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।

Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement