बाढीपीडितका घरमा ३ दिनसम्म चुलो बलेन [भिडियो रिपोर्ट]

असार २५, २०८१ |जे पाण्डे
बाढीपीडितका घरमा ३ दिनसम्म चुलो बलेन [भिडियो रिपोर्ट]

बाँके । राप्ती नदीमा आएको बाढी पसेर डुबानमा परेको बाँकेको डुडुवा गाउँपालिका १ को कृषि चौफेरी र बोर्डर चौफेरी गाउँका नागरिकले मुस्किलले ज्यान जोगाए । तीन दिनसम्म गाउँमा कसैका घरमा चुलो बलेन ।

सरकारले खानापानीको व्यवस्था नगर्दा पीडितहरु भोकभोकै बस्न बाध्य भए । बाढीमा भिजेको अनाज सडेको छ । पानी सुक्दै जाँदा कच्ची घरहरु एकपछि अर्को गर्दै लडिरहेका छन् ।

कृषिचौफेरीका मागेर गुजारा चलाउने मागन्ता वा माहुत भनेर चिनिने समुदायको जनजीवन बाढीपछि सबैभन्दा कष्टकर बनेको छ । यो समुदायका केहीले त चार दिनपछि बल्ल पेटमा अन्न परेको दुखेसो गरेका छन् ।

विस्तृत भिडियोमा :

यो पनि...

बाढीपीडितका पीडा- भोकसँगै रोगले पनि सताउन थाल्यो {स्थलगत रिपोर्ट}


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement