‘गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणमा अख्तियारले छानिबन गर्नुपर्छ’

जेष्ठ २, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणमा अख्तियारले छानिबन गर्नुपर्छ’

काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी-स्टेटको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानिबन गर्नुपर्ने बताउनुभएको छ । 

सरकारी सम्पत्तीको हानी नोक्सानी गर्ने बदनियत देखिएकाले थप अनुसन्धान आवश्यक रहेको अर्यालको भनाइ छ । जग्गा किनेर ठगिएकाहरुले उजुरी दिनुपर्ने र त्यसमा प्रहरीले पनि छानबिन गर्नुपर्ने उहाँको सुझाव छ ।

गिरीबन्धु टी-स्टेटको जग्गा सट्टापट्टा गर्न दिने तत्कालीन सरकारको निर्णयविरुद्ध अधिवक्ता अर्यालले दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले सरकारको उक्त निर्णय नै बदर गरिदिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.