गिरीबन्धु टी- स्टेटबारेको प्रश्नमा ओलीको जवाफ- बालेनलाई सोध्नुस्

जेष्ठ २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
गिरीबन्धु टी- स्टेटबारेको प्रश्नमा ओलीको जवाफ- बालेनलाई सोध्नुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोध्न आग्रह गर्नुभएको छ । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

गिरीबन्धु टी-स्टेबारे प्रश्न उठिरहेको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले मेयर शाहलाई सोध्न आग्रह गर्नुभएको हो । मेयर शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी-स्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्याउनु भन्दै आरोप लगाउनुभएको थियो ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.