चितवन । पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडकखण्ड ४ घण्टापछि सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुइन खोलामा खसेको पहिरो अपराह्न ४ बजे हटाएपछि एकतर्फी सञ्चालनमा आएको हो ।
गए राति पानी परेपछि आज सुक्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । दुईतर्फी रूपमा एक्सकाभेटर प्रयोग गरेर पहिरो हटाएपछि सवारी चापलाई मध्यनजर गरी एकतर्फी बाटो खुलाइएको चितवन प्रहरीले जनाएको छ ।
यसैबीच पहिरो हटाएर सवारी आवागमन खुला गरेपछि माथिबाट ढुंगा छतमा खसेर एक हायस र एम्बुलेन्समा सामान्य क्षति पुगेको छ । एम्बुलेन्सको सिसा चर्किएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीले बुझेर, हेरेर मात्र सुरक्षित यात्रा गर्नुहुन अनुरोध गरेको छ ।