रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–४ स्थित गएको असोज १२ गतेको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल नौ महिना पुग्दा पनि स्थायी मर्मत हुन सकेको छैन ।
पुल मर्मत नहुँदा स्थानीयवासी जोखिम मोलेर बाँसको चिर्पट टेकेर सुनकोशी वारपार गर्न बाध्य छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका–६ चैनपुरसँग जोड्ने १८० मिटर लम्बाइ भएको यो पुलको रामेछापपट्टि करिब ३० मिटर बाढीले क्षति गरेको छ ।
दैनिक आवतजावत गर्न कठिन भएपछि गाउँपालिकाको ४ लाख रुपैयाँ बजेटमा बाँसका चिर्पट प्रयोग गरेर स्थानीयले पुललाई अस्थायी रूपमा मर्मत गरेका छन् । तर बाँसको चिर्पटमा टेकेर यो पुलबाट बालबालिका, वृद्ध वृद्धा र अशक्त व्यक्तिहरूलाई सुनकोशी तर्न झनै खतरापूर्ण भएको खाँडादेवी गाउँपालिका–४ रामेछापका स्थानीय रणबहादुर माझीले बताउनुभयो ।
बर्खा याम सुरु भएसँगै क्षतिग्रस्त झोलुङ्गे पुलबाट यात्रा गर्न झनै खतरापूर्ण बनेकाले यथाशक्य चाँडो सुरक्षित पुल निर्माण गर्नुपर्ने
खाँडादेवी गाउँपालिका–४ रामेछापका शिक्षक इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । बाढीले पुलमा क्षति गरेपछि स्थानीयले ९ महिनासम्म नदी वारपार गर्न ¥याफ्टिङको सहारा लिनुपरेको थियो ।
८० घर रहेको यहाँका स्थानीयले प्रत्येक घरबाट मासिक ३०० रुपैयाँ उठाएर दुई जना ¥याफ्टिङ चालक राखेका थिए । यो पुल पुनर्निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने देखिएको खाँडदेवी गाउँपालिकाले जनाएको छ ।