प्रधानमन्त्री दाहाल भूकम्पले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्न जाजरकोटमा

कार्तिक १८, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल भूकम्पले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्न जाजरकोटमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्पले क्षतिग्रस्त क्षेत्र जाजरकोटको निरीक्षण गर्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

जाजरकोट केन्द्रबिन्दु भएर मध्यराति गएको भूकम्पका कारण जनधनको क्षति भएपछि प्रधानमन्त्री दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सांसद जनार्दन शर्मा केहीबेर अघि जाजरकोट गएका हुन् ।

प्रधानमन्त्री दाहालसँगै स्वास्थ्यकर्मीको टोलीसमेत प्रभावित क्षेत्र गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले प्रभावित जिल्लाहरूमा खोज तथा अनुसन्धान गर्न तीनवटै सुरक्षा निकायलाई परिचालन गरेको छ भने सबैलाई उद्धारमा जुट्न आह्वान समेत गरेको छ ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर हिजो मध्य राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट अहिलेसम्म १२८ जनाको ज्यान गएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् ।

सम्बन्धित समाचार...

जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुग्यो

जाजरकोट भूकम्प : घाइतेको उपचारका लागि १ सय ५ बेड तयारी अवस्थामा

जाजरकोट भूकम्प : कर्णाली सरकारले पठायो राहतसहित चिकित्सकको टोली

भूकम्पका घाइतेको उपचारका लागि भेरी अस्पताल तयारीमा

भूकम्पका घाइतेले भरिए अस्पताल (फोटो फिचर)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.