बाँके । जाजरकोट भूकम्पका घाइतेको उपचारका लागि नेपालगन्जको भेरी अस्पतालमा ८० बेड, सैनिक अस्पतालमा २० र प्रहरी अस्पतालमा ५ बेड तयारी अवस्थामा छन् ।
रगत अभाव हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई तयार राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् ।
उनका अनुसार भेरी अस्पताल चिकित्सक पुगिसकेका छन् । औषधि लगायतका सामग्री तयारी अवस्थामा छ ।