भुटानी नेता टेकनाथ रिजाल पक्राउ

जेष्ठ ४, २०८० |रमेश धमला
भुटानी नेता टेकनाथ रिजाल पक्राउ

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नेता रिजाललाई काठमाडौंस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

राजनीतिक एवं मानवअधिकार अभियन्तासमेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेतामध्येका एक हुन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

आज (बिहीबार) मात्रै नेपाल हज समितिका अध्यक्ष शमशेर मियालाई प्रहरीले सिंहदरबार परिसरबाटै पक्राउ गरेको छ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका मियाँलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसर लगिएको छ ।

हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला बिहीबार बिहान प्रहरीले मियाँलाई ऊर्जा मन्त्रालयनजिकबाट पक्राउ गरेको हो । हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको थियो । गिरोहले पनि उनको गाडी प्रयोग गर्ने गरेका थिए ।

गृह मन्त्रालयअन्तर्गत नेपाल हज समिति अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री रामबहादुर थापाले २०७७ माघ ७ मा नियुक्त गरेका थिए । थापा हटेपछि गृहमन्त्री बनेका बालकृष्ण खाणले मियाँको कार्यकाल दुई वर्ष थपिदिएका थिए । 

नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए । त्यसको पोल खुलेपछि उनी सम्पर्कविहीन थिए ।

कार्यवाहक जिम्मेवारी अर्कै व्यक्तिलाई दिने गरी तयारी गरिरहेका बेलामा मिया बिहीबार पक्राउ परेका हुन् । 

यो प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १५ जना पक्राउ परिसकेका छन् ।

यो पनि...

हज समितिका अध्यक्ष शमशेर मिया सिंहदरबारबाट पक्राउ
भुटानी शरणार्थी प्रकरणमा संलग्‍न १२ जनालाई अनुसन्धानका लागि ४ दिन म्याद थप
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली शरणार्थी प्रकरणले कांग्रेसमा तरंग
भुटानी शरणार्थीको नालीबेली (विशेष सामग्री)
नक्कली शरणार्थी प्रकरण ‘राज्यविरुद्धको अपराध’ भएको एमालेको ठहर
टोपबहादुर रायमाझी एमाले सचिवबाट निलम्बित
नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जनालाई ७ दिनका लागि हिरासत
नक्कली शरणार्थी प्रकरणमा नेता र उच्चपदस्थ कर्मचारी तानिएपछि राजनीति तरंगित


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement