हज समितिका अध्यक्ष शमशेर मिया सिंहदरबारबाट पक्राउ

जेष्ठ ४, २०८० |कान्तिपुर टीभी संवाददाता
हज समितिका अध्यक्ष शमशेर मिया सिंहदरबारबाट पक्राउ

काठमाडौं । नेपाल हज समितिका अध्यक्ष शमशेर मिया सिंहदरबारबाट पक्राउ परेका छन् । नक्कली शरणार्थी प्रकरणमा मुछिएका मियाँलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसर लगिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला बिहीबार बिहान प्रहरीले मियाँलाई ऊर्जा मन्त्रालयनजिकबाट पक्राउ गरेको हो । हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको थियो । गिरोहले पनि उनको गाडी प्रयोग गर्ने गरेका थिए ।

गृह मन्त्रालयअन्तर्गत नेपाल हज समिति अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री रामबहादुर थापाले २०७७ माघ ७ मा नियुक्त गरेका थिए । थापा हटेपछि गृहमन्त्री बनेका बालकृष्ण खाणले मियाँको कार्यकाल दुई वर्ष थपिदिएका थिए ।

 नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म १५ जना पक्राउ परिसकेका छन् ।

स्रोतका अनुसार नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए । त्यसको पोल खुलेपछि उनी सम्पर्कविहीन थिए ।

कार्यवाहक जिम्मेवारी अर्कै व्यक्तिलाई दिने गरी तयारी गरिरहेका बेलामा उनी बिहीबार पक्राउ परेका हुन् । नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म १५ जना पक्राउ परिसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement