‘जान्नेलाई छान्ने’, ‘नो नट अगेन’ जस्ता नारा बोकेर स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी आफूलाई नयाँ दल वा वैकल्पिक शक्ति भन्न रुचाउँछ ।
पुराना दल र नेताबाट वाक्कदिक्क भएका मतदाताले नयाँ पार्टी र युवा नेताका रुपमा रास्वपाका उम्मेदवारहरुलाई चुनावमा राम्रैसँग पत्याए । त्यसैका बलमा संसद्मा बलियो उपस्थिति जनाएको रास्वपा यो दुई वर्षको बीचमा दुईपटक सरकारमा पुग्यो । तर सत्तामा आउनेबित्तिकै धेरै परिवर्तन ल्याउन सक्छौं भनेर विश्वास दिलाएको रास्वपाले अहिले भने वर्षौंदेखि थुप्रिएको फोहोर फाल्न समय लाग्ने भन्ने नयाँ भाष्य तयार पार्न खोजिरहेको छ ।
सांगठनिक र वैचारिक मात्रै होइन देशको शासकीय स्वरुपकै विषयमा समेत यो दलमा अझै अन्योलता देखिन्छ । प्रस्तुत छ- रास्वपाबारे समीक्षा गर्दै रास्वपाका नेता तथा सांसद् गणेश पराजुलीसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।
विस्तृत भिडियोमा :
यो पनि...