
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ ।
दोस्रो स्थापना दिवसका अवसरमा रास्वपाले पार्टी केन्द्रीय कार्यालय वनस्थलीमामा चियापान कार्यक्रम गरेको छ । रास्वपाको चियापानमा प्रमुख दलका शीर्ष नेताहरुको उपस्थिति थियो ।
रास्वपाको चियापानमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपा नेपालका अध्यक्ष कमल थापा, गायिका आनी छोइङ डोल्मालगायत सहभागी भए ।