
पाल्पा । जापानिज सिताके च्याउका लागि प्रख्यात बनेको पाल्पामा पछिल्लो समय खेती गर्नेहरू क्रमश: घट्दै गएका छन् ।
बजार व्यवस्थापन हुन नसक्नु, सरकारी अनुदान प्राप्त गर्न नसक्नु, मुल्य स्थिर नहुनु र भारतीय च्याउ निर्वाध बजारमा आएको कारण पनि सीताके च्याउकाे व्यवसायिक खेती कम हुँदै गएको छ। तीन सय बढी किसानले च्याउ खेती गर्दै आएकामा पछिल्लो समयमा ५० जनामा सीमित हुन पुगेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
पाल्पाको जरेपिपल, तानसेन, मित्याल, तेल्घा, मस्याम, रम्भालगायतका स्थानमासमेत सिताके च्याउ खेती गर्ने कृषकको संख्या घट्दै गएको छ ।