नुवाकोटको बिदुर नगरपालिकामा कृषि हाट बजार सञ्चालन

मंसिर २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
नुवाकोटको बिदुर नगरपालिकामा कृषि हाट बजार सञ्चालन

नुवाकोट । कृषि उपजको सहज बजारीकरणमा प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यले नुवाकोटको बिदुर नगरपालिकामा कृषि हाट बजार सञ्चालनमा ल्याइएको छ । 

बिदुर नगरपालिका र लायन्स क्लब नुवाकोटको साझेदारी तथा आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको बजारमा जिल्लाका कृषकहरूका उत्पादनलाई प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ । स्थानीय किसानहरूले उत्पादन गरेका फलफुल तथा तरकारीजन्य वस्तुले उचित मूल्य नपाएको भन्दै हाट बजारमार्फत घरेलु कृषि उपजहरूको उचित मूल्य र बजारीकरणको लक्ष्य राखिएको बिदुर नगरपालिकाले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.