मिर्चैया हेल्थ नर्सिङ क्याम्पसलाई सीटीईभीटीले स्पष्टीकरण सोध्यो

असार १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
मिर्चैया हेल्थ नर्सिङ क्याम्पसलाई सीटीईभीटीले स्पष्टीकरण सोध्यो

सिरहा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सिरहाको मिर्चैयास्थित मिर्चैया हेल्थ नर्सिङ क्याम्पसलाई स्पष्टीकरण सोधेको छ ।

सीटीईभीटीको मधेश प्रदेश कार्यालय, जनकपुरधामले क्याम्पसलाई बिहीबार स्पष्टिकरण सोधेको हो । क्याम्पसले विद्यार्थीसँग अवैध रूपमा शुल्क उठाएको समाचार कान्तिपुर टेलिभिजनले बुधबार प्रसारण गरेपछि सीटीईभीटीले क्याम्पसलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको सीटीईभीटीका मधेश प्रदेश प्रमुख नागेन्द्र साहले जानकारी दिनुभयो ।

यस विषयमा बिहीबार संसद्‍मा पनि प्रश्न उठेको छ । जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले गर्नुपर्ने काम मिडियाले गरिदिएको भन्दै अब पनि क्याम्पसलाई कारबाही गर्ने कि नगर्ने भनेर सरकारलाई प्रश्न गर्नुभएको हो ।

क्याम्पसले विद्यार्थीसँग तीन वर्षमा तीन किस्तामा चार लाख ७५ हजार शुल्क लिनुपर्नेमा वर्षमै झन्डै ४ लाख रुपैयाँसम्म उठाएको फेला परेको छ ।

यो पनि...

मिर्चैया हेल्थ नर्सिङ क्याम्पसद्वारा विद्यार्थीसँग अवैध रुपमा लाखौं रकम असुली

मिर्चैया नर्सिङ क्याम्पसको अवैध शुल्कबारे सांसद अब्दुल खानले गराउनुभयो सरकारको ध्यानाकर्षण


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement