लुम्बिनीका प्रादेशिक अस्पतालहरूमध्ये पहिलो बन्यो बर्दिया अस्पताल

आश्विन १८, २०८१ |कमल पन्थी
लुम्बिनीका प्रादेशिक अस्पतालहरूमध्ये पहिलो बन्यो बर्दिया अस्पताल

बर्दिया । सेवा प्रवाह र कार्यसम्पादनका आधारमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । ५० शय्याको बर्दिया अस्पताल जनशक्ति र उपकरण अभावका बीच पनि लुम्बिनी प्रदेशका १४ अस्पताल मध्ये प्रथम भएको हो ।

यो अस्पताल न्यूनतम सेवा मापदण्डअन्तर्गत सुशासन र व्यवस्थापन, क्लिनिक, बहिरंग सेवा, सुत्केरी सेवा आदि सबैमा गरी ७२ दशमलव ४२ प्रतिशत अंक अंकल्याएर उत्कृष्ट भएको हो । यो अस्पताल आर्थिक वर्ष २०७७/०७८ मा प्रथम,आव २०७८/०७९ मा द्वितीय,२०७९/०८० मा प्रथम र २०८०/०८१ मा प्रथम भएको हो ।

स्वास्थ्य सेवा, सरसफाई, व्यवस्थापन, इमरजेन्सी, बहिरंग सेवा, फार्मेसी, प्रयोगशालाको सुधार सँगै बेरुजुसमेत नदेखिएकोले अस्पताल उत्कृष्ट भएको हो ।

पर्याप्त जनशक्ति उपलब्ध भए अझ राम्रो सेवा दिन सकिने बर्दिया अस्पतालनमा कार्यरत चिकित्सक बताउँछन् ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement