विपद्‌ प्रतिकार्यमा कहाँ चुक्यो स्वास्थ्य मन्त्रालय ? (स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग कुराकानी)

आश्विन १७, २०८१ |कृपाल गौतम
विपद्‌ प्रतिकार्यमा कहाँ चुक्यो स्वास्थ्य मन्त्रालय ? (स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग कुराकानी)

काठमाडौं । स्वास्थ्य मन्त्रालयले विपत्‌का बेला आफूमातहतका कर्मचारी तथा अस्पतालहरुलाई परिचालन गर्न कुनै कसरत बाँकी राख्न हुँदैन थियो ।

मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाका कारण डुबान र पहिरोलगायतको जोखिम हुने बताउना साथ मन्त्रालयले आफ्नो मातहतको द्रुत प्रतिकार्य टिमलाई एक्टिभेट गर्नुपर्ने हुन्थ्यो । त्यबाहेक स्वास्थ्य संस्थाको तयारी, स्वास्थ्यकर्मी परिचालन, औषधीको व्यवस्थापन तथा घाइतेको तत्काल कसरी उपचार हुन्छ भनेर सोच्नुपर्ने थियो । तर मन्त्रालय त्यो गर्नबाट चुकेको देखियो ।

अझै पनि विपद् भएका स्थानहरुमा स्वास्थ्यकर्मीको अभावमा बिरामीहरुले उपचार पाइरहेका छैनन् । न त्यहाँ स्वास्थ्यकर्मी पुग्न सकेका छन्, न त औषधी नै । यता स्वास्थ्य मन्त्रालयलाई सोध्दा मन्त्रालयले उपचारको व्यवस्था नि:शुल्क गरेकाले घाइतेहरूलाई अस्पताल आउन आग्रह गर्छ । तर अहिले भएपनि मन्त्रालयको उपस्थिती देखिनुपर्ने हो । तर अहिले स्वास्थ्य मन्त्रालयले उपचार गर्ने क्याम्प पनि सञ्चालन गरेको पाइँदैन ।

बरु मन्त्रालय कोशीस भइरहेको बताउँछ र यसका लागि तीन तहकै सरकारबीच समन्वय भइरहेको बताउँछ । अहिले स्वास्थ्य मन्त्रालयले हैजा, झाडापखाला लगायतका समस्या निम्तन सक्ने भएकाले आफूहरुले खानेपानी मन्त्रालयसँग समन्वय गरेर पानीजन्य रोग लाग्न नदिनका लागि समन्यवय गरिरहेको बताउँछ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement