मिर्चैया नर्सिङ क्याम्पसको अवैध शुल्कबारे सांसद अब्दुल खानले गराउनुभयो सरकारको ध्यानाकर्षण

असार १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
मिर्चैया नर्सिङ क्याम्पसको अवैध शुल्कबारे सांसद अब्दुल खानले गराउनुभयो सरकारको ध्यानाकर्षण

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले मिर्चैया नर्सिङ क्यापसले अवैधरुमा शुल्क उठाएको विषयमा सरकारले ध्यानाकर्षण गराउनुभएको छ । उहाँले कान्तिपुर टेलिभिजनले बुधबार प्रसारण प्रसारण गरेको उल्लेख गर्दै सरकारले गर्ने काम मिडियाले गरेको भन्दै त्यो विषयमा सरकारको धारणा माग गर्नुभएको छ ।

'अहिले देशभरी शिक्षा क्षेत्रमा मनपरी चलिरहेको छ,' उहाँले भन्नुभयो, 'कान्तिपुरले सिरहाको मिर्चैयामा सञ्चालित मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले विद्यार्थीहरुसँग अवैध रुपमा लाखौं रकम असुली गरिरहेको विषय पर्दाफास गरेको छ । सीटीभीटीले तोके बमोजिम तीन वर्षे नर्सिङका लागि ४ लाख ७५ हजार शुल्क मात्रै लिन पाइन्छ । त्यो पनि पहिलो किस्तामा १ लाख ९० हजार मात्रै लिन पाइन्छ । तर यो कलेजले एकै वर्षमा विद्यार्थीहरुसँग झन्डै ४ लाखसम्म असुलेको बैंक भौचरहरु नै सार्वजनिक भएका छन् ।'

कलेजले कानुन विपरीत छात्रावास पनि अनिवार्य गरेको उहाँले उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 'सरकार र सरकारी संयन्त्र इमानदार भइदिएको भए एउटा कलेजले यत्रो मनपरी साहस कसरी गर्न सक्छ ?,' उहाँले प्रश्न गर्नुभयो, 'सरकारले गर्ने काम मिडियाले गरेको छ । अब सरकारले भनिदिनुपर्‍यो । अझै यसमा छानबिन र कारबाही गर्ने कि नगर्ने ?'

कान्तिपुर टेलिभिजनले बुधबार सिरहाको मिर्चैयास्थित मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले विद्यार्थीसँग अवैध रुपमा लाखौं रकम असुली गरेको खुलासा गरेको थियो । क्याम्पसले नर्सिङ विषयमा अध्ययनरत विद्यार्थीसँग कक्षा शुल्कदेखि छात्रावास र प्रयोगात्मक अभ्यासलगायतका नाममा मनपरी शुल्क लिएको रिपोर्टमा सार्वजनिक भएको थियो । 

हेर्नुहोस् कान्तिपुर टेलिभिजनमा बुधबार प्रकाशित रिपोर्ट :

मिर्चैया हेल्थ नर्सिङ क्याम्पसद्वारा विद्यार्थीसँग अवैध रुपमा लाखौं रकम असुली


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement