आज कोशी, बागमती र गण्डकीका विभिन्न ठाउँमा वर्षा हुने

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज कोशी, बागमती र गण्डकीका विभिन्न ठाउँमा वर्षा हुने

काठमाडौं । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।  गण्डकी प्रदेशको थोरै स्थानहरू र बागमती तथा कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भने हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement