नारायणगढ-मुग्लिन सडकमा गुडिरहेका बसमा ढुङ्‌गा खस्दा ५ यात्रु घाइते

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नारायणगढ-मुग्लिन सडकमा गुडिरहेका बसमा ढुङ्‌गा खस्दा ५ यात्रु घाइते

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत ईच्छाकामना गाउँपालिका ६ स्थित टोपेखोलामा गुडिरहेको बसमा ढुङ्‌गा खस्दा ५ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २७४५ नम्बरको बसमा शनिबार राति ८ बजेर १५ मिनेटमा ढुङ्‌गा खस्दा ५ जना यात्रु घाइते भएका हुन् । घाइते हुनेमा बर्दिया गेरुवा- ४ बस्ने वर्ष ४० की प्रेमकला थापा सोही गाउँपालिका- ३ वनकट्टी बस्ने ३१ वर्षका विकास शर्मा, सोही ठाउँकी ३० वर्षीया गीता पाण्डे रहेका छन् । यस्तै मुगुको खत्याड गाउँपालिका- ८ का ३७ वर्षीय हिरामणि संजेल र सोही ठाउँका वर्ष २४ का मोहन संजेल रहेका छन् ।

उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था मध्यम रहेको चितवन प्रहरीले जनाएको छ ।

यस्तै सोही समयमा काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र.०६-००१ज ०२३६ नम्बरको माइक्रो बस र काठमाडौंबाट उदयपुरतर्फ जाँदै गरेको बा.प्र. ०१-००६ ख ७०२३ नं.को बसमा समेत माथि बाट ढुङगा खसेको थियो । बसमा क्षति भएपनि मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement