जनकपुर । भारतका विश्वविद्यालयहरूले जनकपुरमा अवैध रूपमा नर्सिङका शैक्षिक कार्यक्रम सञ्चालन गरी रहेको खुलासा भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सी-टीईभीटी मधेश प्रदेशले करिअर केयर कन्सल्टेन्सीसँग कागजात माग गरेको छ ।
नेपाल नर्सिङ परिषद्को निर्देशनपछि सीटीइभीटी मधेश प्रदेशले जनकपुरधामको मुरली चोकस्थित करिअर केयर कन्सल्टेन्सी नामक संस्थाले एसियन इन्टनेसनल युनिभर्सिटी मणिपुरलगायतका विश्वविद्यालयका लागि अवैध रूपमा नयाँ विद्यार्थी भर्ना र शैक्षिक कार्यक्रम सञ्चालन गरेको भेटिएपछि कागजातहरू माग गरिएको हो ।
एसियन इन्टनेसनल युनिभर्सिटी मणिपुरको नाममा गुपचुप रूपमा जनकपुरधाम उपमहानगरपालिका-८मा डिप्लोमा तहको नर्सिङको पढाई गरिरहेको खुलासा भएपनि अहिलेसम्म फेला परेको छैन ।
नर्सिङ शिक्षामा भर्नाका लागि करिअर केयर कन्सल्टेन्सी नामक संस्थाले नयाँ भर्ना र कक्षा सञ्चालन गरेको हो । अनुगमनका क्रममा करिअर केयर कन्सल्टेन्सीले यो शैक्षिक सत्रमा मात्र २२ जना विद्यार्थी भर्नाका लागि पठाएको स्वीकारेको छ ।
यता अवैध रूपमा नर्सिङका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने माथि खोजबिन गरी कडा कारवाही गर्न प्रमुख जिल्ला अधिकारी शंकरहरि आर्चायले सिटिइभिटी मधेश प्रदेशलाई निर्देशन समेत दिनु भएको छ ।
सम्बन्धित समाचार :