
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा. डा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले वैशाख ३० गतेको निर्णयानुसार त्रिविको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न बज्राचार्यलाई उपकुलपतिको जिम्मेवारी तोक्नुभएको हो ।
बज्राचार्यले आजै उपकुलपतिको कार्यालयमा पदवहालीसमेत गर्नुभएको छ ।