चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेका व्यक्तिलाई कारबाही प्रक्रिया अघि बढाइयो

वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेका व्यक्तिलाई कारबाही प्रक्रिया अघि बढाइयो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेका व्यक्तिलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई कारबाहीका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयलाई पत्राचार गरेको हो । प्रतिवेदनमा उल्लेख भएका व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाउन सबै विश्वविद्यालयलाई जानकारी गराइदिन विश्वविद्यालय अनुदान आयोगलाई समेत मन्त्रालयले पत्राचार गरेको छ ।

कारबाहीका लागि सिफारिस भएका व्यक्तिमाथि आवश्यक छानबिन गर्न मन्त्रालयले यसअघि नै प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइसकेको छ ।

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा त्रिविका पूर्वउपकुलपति तीर्थ खनिया, पूर्वरेक्टर सुधा त्रिपाठीसहित ४२ जनालाई कारबाहीको सिफारिस गरेको छ ।

यो पनि...

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सर्वजनिक (पूर्णपाठ)

६ वर्षसम्म लुकाएर राखिएको चिकित्सा शिक्षा आयोगको प्रतिवेदन होला त कार्यान्वयन ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement