चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सर्वजनिक (पूर्णपाठ)

चैत्र २८, २०८० |कान्तिपुर टीभी संवाददाता
 चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सर्वजनिक (पूर्णपाठ)

काठमाडौं । चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक भएको छ । बुधबार शिक्षा मन्त्रालयले आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले २०७४ मै सरकारलाई बुझाएको थियो । उक्त आयोमा अध्यक्ष कार्कीसहित डा. उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव थिए । 

उक्त प्रतिवेदनले चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क, कोटा निर्धारण लगायतका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको सुझव दिएको थियो ।

हेर्नुहोस् प्रतिवेदन :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.