मौद्रिक नीतिको समीक्षा गर्ने राष्ट्र बैंकको तयारी, ब्याजदर खुकुलो बनाउन अर्थमन्त्रीको दबाब

वैशाख २८, २०८० |सुदिल पोखरेल
मौद्रिक नीतिको समीक्षा गर्ने राष्ट्र बैंकको तयारी, ब्याजदर खुकुलो बनाउन अर्थमन्त्रीको दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्ने तयारी गरेको छ । भोलि बस्ने सञ्चालक समितिले समीक्षा पास गरे भोलि नै संशोधन हुनेछ । यही बेला आगामी आर्थिक वर्षको बजेट निर्माणको चटारोमा रहेका अर्थमन्त्रीले भने मौद्रिक नीतिको समीक्षामार्फत ब्याजदर खुकुलो बनाउन सार्वजनिक रुपमै दबाब दिइरहेका छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका लागेका अर्थमन्त्री प्रकाशशरणले महत पछिल्ला सार्वजनिक कार्यक्रममा राष्ट्र बैंकलाई दबाब दिने गरी अभिव्यक्ति दिँदै आएका छन् । बजेटबाट अर्थतन्त्र चलायमान बनाउनेभन्दा पनि उनको ध्यान मौद्रिक नीतिबाटै त्यसको निकास निकाल्नेमा छ ।

राष्ट्र बैंक सरकारलाई आर्थिक सल्लाह दिने स्वायत्त निकाय हो । राष्ट्र बैंकको प्रमुख भूमिका बैदेशिक मुद्रा सञ्चिती कायम गर्ने, महंगी सीमामा राख्ने र मुद्राको मूल्य घट्न नदिने हो । यसपछि बल्ल सरकारले बनाएको वित्त नीतिअनुरुप मौदि्रक नीति बनाउनु उसको दायित्व हो ।

अर्थमन्त्रीले प्रचारमुखी शैली अपनाइरहेको भए पनि राष्ट्र बैंकले मुद्राको मूल्य कायम गर्ने प्रयास गर्नुपर्ने र राजनीतिक आस्थाबाट गभर्नर प्रभावित हुन नहुने विज्ञ बताउँछन् ।

कोरोना महामारीका बेला अर्थतन्त्रमा सुधार ल्याउन राष्ट्र बैंकले सस्तो ब्याजदरमा कर्जा बजारमा पठाउने नीति लिएको थियो । त्यसले बढाएको उपभोग नियन्त्रण गर्न पनि अहिले राष्ट्र बैंक कसिलो नीतिको पक्षमा देखिएको छ ।

सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंक र सरकारबीच समन्वयमा आवश्यक छ । तर, अर्थतन्त्र चलायमान गराउने नाममा अस्वाभाविक रुपमा बजारमा पैसा पठाउादा त्यसले फेरि विदेशी मुद्रा सञ्चिती र महंगीमा पर्ने चापप्रति भने राजनीतिक नेतृत्व सचेत हुनैपर्छ ।

थप...

मौद्रिक नीति छिटै खुकुलो हुन्छ : अर्थमन्त्री महत
अर्थमन्त्रीसँग एफएनसीसीआईको माग- उत्पादनमूलक उद्योगमा कर छुट होस्
मौद्रिक नीति चाँडै खुकुलो हुने अपेक्षा छ : अर्थमन्त्री महत


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।