अर्थमन्त्रीसँग एफएनसीसीआईको माग- उत्पादनमूलक उद्योगमा कर छुट होस्

वैशाख २७, २०८० |कान्तिपुर टीभी संवाददाता
अर्थमन्त्रीसँग एफएनसीसीआईको माग- उत्पादनमूलक उद्योगमा कर छुट होस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनमूलक उद्योगमा कर छुटदेखि समस्यामा परेका उद्योगी तथा व्यवसायीले बैंकबाट लिएको ऋणको पुनर्तालिकीकरण गर्न माग गरेको छ ।

महासंघले आज (बुधबार) एक कार्यक्रम गरी आगामी बजेटका लागि अर्थमन्त्री प्रकाशशरण महतसमक्ष सुझाब पेस गरेको हो । स्वदेशी वस्तुको उपभोग र आयात प्रतिस्थापन गर्ने खालका उद्योगलाई थप कर छुटको व्यवस्था गर्न महासंघले आग्रह गरेको छ । मूल्य अभिवृद्धिकरमा बहुदर कायम गर्नसमेत महासंघले सुझाव दिएको छ ।

त्यस्तै सिमेन्ट निकासीमा प्रोत्साहन, वातावरणीय प्रभाव मूल्यांकन सकेका खानीमा उत्खनन प्रारम्भ गर्ने व्यवस्था मिलाउन तथा औद्योगिक क्षेत्रमा सस्तोमा बिजुली उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने महासंघको सुझाव छ ।

अर्थमन्त्री महतले वित्त नीति र मौद्रिक नीति दुवैको माध्यमबाट बजार चलायमान गराउने आश्वासन दिएका छन् । महतले अर्थतन्त्र सुधारको नयाँ अध्यायसमेत सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement