लयमा फर्कंदै पर्यटन !

चैत्र ३०, २०८० |भुवन पाण्डे|कमल पन्थी|भुपाल गुरुङ|राजु चौधरी
लयमा फर्कंदै पर्यटन !

रुपन्देही । आर्थिक मन्दी र कोरोना महामारीले थलिएको नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किंदै छ । कोभिडअघि १२ लाखसम्म पर्यटक आएको नेपालमा सन् २०२० र २१ भने यो संख्या हृवात्तै घट्यो । तर २०२३ मा दश लाख बढी पर्यटकले नेपाल भ्रमण गरेपछि व्यवसायीमा आशा पलाउँदै गएको छ । सन् २०२४ को सुरुवातबाटै पर्यटकको आवागमन बढेको छ । बाहृय मात्रै नभएर आन्तरिक पर्यटकको चहलपहलले नेपालको पर्यटन क्षेत्र पुनः जागृत हुँदै छ ।

मुलुकको समृद्धिको एउटा महत्त्वपूर्ण आधार हो पर्यटन क्षेत्र । यस क्षेत्रमा सम्भावना देखेर लगानी विस्तार हुँदै गएको छ । विगतका केही वर्ष स्थिर रहेको पर्यटन क्षेत्र पुनः जागृत हुन थालेको छ । विशेष दिन तथा चाडबाड पारेर साथीभाइ, परिवारसँग घुमफिर गर्नेको संख्या उल्लेख्य मात्रामा बढिरहेको छ । त्यसैले त घुमफिरको रोजाइमा परेका लुम्बिनी, पोखरा, सौराहा, बर्दियाजस्ता गन्तव्यमा आन्तरिक पर्यटकहरु नै बाहृय पर्यटकभन्दा बढी देखिन्छन् अचेल । पर्यटक आवागमनले यो क्षेत्रका गतिविधि चलायमान हुँदा व्यवसायीहरु उत्साहित भएका छन् ।

नयाँ वर्षको अवसरमा घुम्न आएका पर्यटकले पोखरा, बर्दिया, र सौराहाका होटेलहरु खचाखच हुँदा यता लुम्बिनीमा भने होटेलको अक्कुपेन्सी ६० प्रतिशत छ । सहज सडक सञ्जाल नहुनु र सीमित हवाई सुविधाले पर्यटकको रोजाइ लुम्बिनीभन्दा अन्य गन्तव्यतर्फ मोडिएको हो ।

अझै पनि सिजनबाहेक अन्य समयमा पर्यटकको आवागमन उल्लेख्यरुपमा बढ्न सकिरहेको छैन । पर्यटकीय गतिविधि बढाउँदै पर्यटकलक्षित प्याकेज बनाएर पर्यटकलाई आकर्षित गर्न सम्बन्धित निकायहरु चुकेका छन् । यसबीचमा सरकारले सन् २०३२ सम्मका लागि नेपाल भ्रमण दशक अवधारणा कार्यान्वयनमा ल्याएको छ । पर्यटन पूर्वाधारको विकास, नयाा गन्तव्य पहिचान, सहज हवाई तथा सडक सञ्जाल, पर्यटनमैत्री होटेल तथा होलिडे प्याकेज राखेर प्रचारप्रसार गर्नसके पर्यटकको संख्य बढ्ने र यसबाट समृद्धि सम्भव छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।

Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।

Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।

Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement