सूचना प्रविधिको पहुँचले दुर्गम जिल्लाको जनजीवन सहज बन्दै (भिडियो)

माघ १८, २०७९ |शमशेरविक्रम जीसी
सूचना प्रविधिको पहुँचले दुर्गम जिल्लाको जनजीवन सहज बन्दै (भिडियो)

प्यूठान । सञ्चारको सुविधासँगै पछिल्लो समय पश्चिम पहाडी जिल्लाका दुर्गम गाउँको जनजीवन सहज बनेको छ। विभिन्न कारणले घरबाहिर भएकाहरुलाई सूचना प्रविधिको बढ्दो प्रयोगले परिवारसँग जोडेको छ ।

प्यूठानको गौमुखी गाउँपालिका लिवाङका रामबहादुर पौडेल आजकल दिनँहुजसो विदेशमा रहेका छोरासँग कुराकानी गर्छन् ।

७८ वर्षका पौडेललाई विदेशमा रहेका छोराले भिडियो च्याटमार्फत कुराकानी गर्दा छोरा सँगै रहेको अनुभूत गर्छन् । बिहे गरेका छोरीहरुसंग पनि पौडेल दिनहुँजसो भिडियो च्याटमा गफिन्छन् ।

लिवाङकै रिमा बोहरालाई पनि अहिले निकै सहज भएको छ । उनी आफन्तसँग इन्टरनेटको माध्यममार्फत कुराकानी गर्छिन् । प्रविधिले दैनिकी निकै सहज भएको उनको अनुभव छ ।

प्यूठानका अधिकांश गाउँमा अहिले घरघरमा इन्टरनेट छन् । हरेक घरका मानिससँग इन्टरनेट चल्ने एन्ड्रोइड मोबाइल छ । दूरदराज मानिने गाउँहरुमा पनि डाटा लिएर नेट चलाउन सकिन्छ ।

स्थानीय सरकारले पनि दुर्गम र दूरदराजका नागरिकलाई सञ्चारको पहुँचमा ल्याउन विभिन्न कार्यक्रम सुरु गरेका छन् । सञ्चारको प्रयोग बढ्दै जाँदा सहर र गाउँबीचको दूरी कम हुँदै गएको छ । 


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।