काठमाडौं । बझाङको बाघ उपनामले परिचित रविन्द्र ढाँटले सीमित अवसर र कठिन जीवनबाट गुज्रादै मिक्स्ड मार्सल आट्र्स-एमएमएको विश्वमञ्चमा नेपालको नाम उँचो बनाएका छन् ।
निर्माण मजदूरबाट सुरू भएको जीवनयात्राका क्रममा प्रशिक्षक दिविज पिया लामालाई भेटेपछि उनको जीवनले कोल्टे फेर्यो । लामाको संरक्षण र मार्गदर्शनमा रविन्द्रले थाइल्यान्ड, बाली हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेका छन् । शनिबार भारतको म्याट्रिक्स फाइट नाइटमा चोङरेन कोरेनलाई नकआउट गर्दै उनले ऐतिहासिक बान्टम-वेट बेल्ट जिते । यो जितले नेपाली युवाहरूलाई प्रेरणा दिएको छ ।
सुदूरपश्चिम नेपालको बझाङ, जहाा जीवन कठोर परिश्रम र सीमित अवसरहरूको चक्रमा बााधिएको छ । त्यहीाबाट उदाएका रविन्द्र ढााटले मिक्स्ड मार्सल आट्र्स एमएमए मार्फत् विश्वमञ्चमा नेपालको नाम उज्यालो बनाएका छन् ।
'कसैले चिनोस्, सम्मान गरोस्' भन्ने सपनासहित हुर्किएका रविन्द्रको औपचारिक शिक्षा दश कक्षामै रोकिएको थियो । सुरक्षित भविष्यको खोजीमा उनी भारत पुगे, जहाँ उनले निर्माण मजदूरको रुपमा काम सुरु गरे । तर एउटा मार्सल आट्र्स जिममा प्रशिक्षण भइरको देखेपछि उनको जीवनको दिशा नै बदलियो । र, त्यहीाबाट सुरु भयो उनको एमएमए यात्रा । सन् २०१९ मा उनी भारतको राष्ट्रिय एमेच्योर च्याम्पियन बने, तर नेपाली राहदानीका कारण अन्तर्राष्ट्रिय मञ्चमा अवरोध झेले । तर, उनको जोशले हार मानेन ।
भारतका एक प्रशिक्षकको सुझावमा रविन्द्र नेपाल फर्किए र काठमाडौंको झम्सीखेलस्थित पम्प जिममा दिविज पिया लामालाई भेटे । नेपाल वारियर्स च्याम्पियनसिप एनडब्लुसीका संस्थापक दिविजले रविन्द्रमा सम्भावना देखे र बिना सर्त प्रशिक्षण, बसोबास र खानपानको व्यवस्था गरे ।
दिविज उनका लागि प्रशिक्षक मात्र नभई संरक्षक, मित्र र मार्गदर्शक बने । दिविजको मार्गदर्शनमा रविन्द्रले व्यावसायिक एमएमएको यात्रा सुरू गरे । थाइल्यान्ड, बालीका प्रशिक्षण केन्द्रहरुले उनको सीपलाई निखारे ।
प्रशिक्षक दिविज पियाको सम्बन्धका कारण उनले वन च्याम्पियनसिप लिगमा लड्ने अवसर प्राप्त गरे । उनले त्यो म्याच जिते । त्यसपछि उनी नेपाल फर्किए, तर अर्को लडाइामा पराजित भए । उनले वन च्याम्पियनशिपको आफ्नो पहिलो लडाइामा रूसी फइटरलाई टेक्निकल नकआउटमार्फत् हराएका थिए, जुन नेपालका कुनै पनि फाइटरले त्यो स्तरमा लडेर जितेको पहिलो खेल थियो ।
शनिबार राति भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइटमा रविन्द्रले साविक विजेता कोरेनलाई तेस्रो राउन्डको ५४ सेकेन्डमा नकआउट गर्दै बान्टमवेट बेल्ट जिते ।
रिङमा भीडको उत्साह र क्यामेराको चमकबीच उनको नजर आफ्ना गुरु दिविजतर्फ थियो । भावुक हुँदै उनले उपाधिको जस दिविजलाई दिए । अहिले रविन्द्रसँग ९ वटा अन्तर्राष्ट्रिय उपाधि छन् ।
२६ वर्षीय रविन्द्रको यो विजय रिङभित्रको लडाइा मात्र थिएन, विश्वास, समर्पण र सम्बन्धको प्रतिफल थियो । दिविजको पर्दापछाडिको लगानी र रविन्द्रको अथक मिहिनेतले नेपाली एमएमएलाई विश्वमञ्चमा स्थापित गरेको छ । आज रविन्द्र ढाँट केवल एक नाममा मात्र सीमित छैनन्, नेपाली युवाका लागि सम्भावना र प्रेरणाको प्रतीक बनेका छन् ।