वर्षाले टस हुन नसकेको नेपाल-श्रीलंकाबीचको खेल केही ढिला हुने संकेत

जेष्ठ ३०, २०८१ |सविना कार्की
वर्षाले टस हुन नसकेको नेपाल-श्रीलंकाबीचको खेल केही ढिला हुने संकेत

फ्लोरिडा । आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ ।

खेल अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे) हुनुपर्ने भए पनि वर्षाका कारण टस हुन सकेको छैन । यद्यपि वर्षा सिमसिम भइरहेको छ । वर्षा रोकिएपछि खेल हुनेछ ।

समूह ‘डी’ मा पहिलो जितको खोजीमा रहेका दुवै टोली जितको खोजीमा छन् । तर मौसमले खेलको निर्धारण गर्न सकेको छैन ।

सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो । बिहादेखि सुरु भएको वर्षा साँझसम्म रोकिएको छैन ।

यो पनि...

श्रीलंकाविरुद्ध मैदान उत्रँदा नेपालसामु इतिहास रच्ने अवसर छ : कप्तान रोहित पौडेल

‘जित्नैपर्ने दबाबमा रहेको श्रीलंकालाई नेपालले निराश पार्न सक्छ’ [जगत टमाटासँगको अन्तर्वार्ता]


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।