नेता-कलाकार फुटबलमा ३-३ को बराबरी

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
नेता-कलाकार फुटबलमा ३-३ को बराबरी

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आयोजना गर्न लागेको केपी ओली कप २०८० को तयारीलाई तीव्र बनाएको छ । कपकै तयारी स्वरुप सोमबार राजनीतिकर्मी र कलाकारबीच मैत्रीपूर्ण खेल भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल ३-३ को बराबरीमा सकिएको थियो । कलाकारको टिममा चर्चित राष्ट्रिय कलाकारहरु थिए भने राजनीतिकर्मीको टिममा विभिन्न राजनीतिक पार्टीका नेताहरु सहभागी थिए । मैत्रीपूर्ण खेललाई एमाले अध्यक्ष केपी ओलीले दर्शकदीर्घामा बसेर अवलोकन गरेका थिए ।

प्रतियोगिता आगामी फागुन ११ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदै छ । नकआउट शैलीमा हुने खेल सेमिफाइनलसम्म एन्फाको मैदानमा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

गत वर्ष सम्पन्न भएको केपी कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो । यसपटकको सबै खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

यो पनि...

खेलाडीका लागि देशमै राम्रो वातावरण बने विदेश पलायनबाट रोक्न सकिन्छ : ओली


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.