विश्व क्रिकेट लिग टुका लागि बलियो स्थितीमा पुग्यो नेपाल

फाल्गुन २२, २०७९ |कान्तिपुर टीभी संवाददाता
विश्व क्रिकेट लिग टुका लागि बलियो स्थितीमा पुग्यो नेपाल

काठमाडौं । युएईविरुद्ध जित निकालेसँगै नेपाल आईसीसी विश्व क्रिकेट लिग टु मा बलियो स्थितीमा पुगेको छ । नेपाल युएईलाई एक अंकले पछि पार्दै तालिकाको पाचौं स्थानमा उक्लिएको हो ।

नेपालले युएई भ्रमणमा तीन जित निकाल्दै ६ अंक बटुल्न सफल भयो । पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने युएईले नेपालविरुद्ध ६८ रनको जित निकाल्यो । तेस्रो खेलमा नेपालले पपुवान्युगिनीलाई ३ विकेटले हराउँदै ६ अंक जोडेको हो ।

नेपाली टिम पछिल्ला ८ खेलमा ७ जित निकाल्न सफल छ । अघिल्लो साता सम्पन्न स्कटल्याण्ड र नामिबियाविरुद्धको सिरिज क्लिनस्विप गर्दै नेपालले ८ अंक बटुलेको थियो । अब तीन दिन पछि घरेलु मैदान टियुमा हुने युएई र पिएनजीविरुद्धको सिरिजमा दुई खेलमा मात्र जित निकाले नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने छ ।

यदी नेपाले सिरिज क्लिनस्विप गर्छ भने नेपाल शीर्ष तीनमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर्समा स्थान बनाउन सफल हुनेछ । नेपालले सिरिज क्लिनस्वीप गर्दै चार खेल जित्ने र युएईले दुई खेलमा मात्र जित निकाल्ने अवस्था आए नेपाल शीर्ष तीनमा रहने छ भने युएईले शीर्ष पाँचमा रहन अमेरिकासँग नेट रनरेटमा भर पर्नु पर्नेछ । त्यसैले अमेरिकाको शीर्ष पाँचको भविष्य पनि नेपालकै नजितामा निर्भर रहनेछ ।

अंक तालिकामा नेपालले ३२ खेलमा ३२ अंक बनाएको छ । समान ३२ खेल खेलेको युएईको ३१ अंक छ । नेपाल पाचौं स्थानमा उक्लिदा युएईभने छैटौं स्थानमा झरेको छ । सातौं स्थानमा रहँदै पीएनजी घटुवा हुने पक्का भइसकेको छ । ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ । ३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ । ३५ अंकसहित अमेरिका चौथो स्थानमा छ ।

स्कटल्याण्डको पहिलो र ओमानको दोस्रो स्थान पक्का छ । बाँकी चार टिमको भविष्य निर्धारण लिग टुको अन्तिम सिरिजले नै गर्नेछ । अन्तिम सिरिजमा नेपालले पपुवा न्यूगिनीसँग फागुन २५ गते, युएईसँग फागुन २८ गते, फागुन २९ मा पिएनजीसँग दोस्रो र चैत्र दुईमा युएईसाग दोस्रो खेल खेल्ने छ ।

सम्बन्धित समाचार...

यूएईविरुद्धको खेलमा नेपाल ४२ रनले विजयी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.