यूएईविरुद्धको खेलमा नेपाल ४२ रनले विजयी

फाल्गुन २२, २०७९ |कान्तिपुर टीभी संवाददाता
यूएईविरुद्धको खेलमा नेपाल ४२ रनले विजयी

काठमााडौं । आईसीसी विश्वकप लिग टुअन्तर्गतको सोमबार भएको खेलमा नेपालसँग यूएई ४२ रनले पराजित भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत नेपालले घरेलु टोली युएईविरुद्ध ४२ रनको शानदार जित हात पारेको हो । जितसँगै नेपाल अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यूएई भ्रमणमा नेपालको यो तेस्रो जित हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेको नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको यूएई १८७ रन बनाउँदै ४५ ओभरमा अल आउट भयो ।

यूएईका लागि ओपनर आसिफ खानले सर्वाधिक ८२ रन बनाए । ११५ बल खेलेका उनले दुई चौका र तीन छक्का प्रहार गरे भने अर्का ओपरनले मुहम्मद वासिमले खाता पनि खोल्न सकेनन् । उनलाई फास्ट बलर सोमपाल कामीले दोस्रो बलमै मैदानबाट बाहिर पठाए ।

७८ बल खेलेका आर्यन लार्का ५० रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । २३ बल खेलेका भ्रित्या बरिभिन्दले १३ रन बनाए भने यूएईका अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । 

नेपालका लागि सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान ३/३ र करन केसी, सन्दीप लामिछाने र आरिफ शेखले १/१ विकेट लिए ।

नेपालका लागि भीम सार्कीले ९९ बल खेल्दै सर्वाधिक ७० रन बनाए । ओपनर ज्ञानेन्द्र मल्लले २६ बल खेल्दै ११ रन बनाए भने अर्का अपोनर आशिफ शेखले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । उनी १४ बलमा ६ रन जोडेर मैदानबाट बाहिरिए । करण केसीले ११ रन जोडे ।

कुशल मल्ले ३२ बलमा ३२ रन बनाए । आरिफ शेखले ५६ बलमा ४३ रन बनाए भने सन्दीपले लामिछानेले ४० बलमा २७ रन बनाएर मैदानबाट बाहिरिए ।

आरिफ शेखले अविजित ४३ रन बनाए । ५६ बल खेलेका आरिफले २ चौका र १ छक्का प्रहार गरेका थिए ।

यूएईका लागि जुनैद सिद्दीकीले ३ तथा रोहन मुस्तफा र आर्यन लाक्राले २/२ विकेट लिए ।

जितसँगै ३२ खेलमा ३२ अंक बनाएको नेपाल तालिकाको पाँचौं स्थानमा उक्लिँदा यूएई छैटौं स्थानमा झरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement