दाङ । लुम्बिनी प्रदेशको राजधानीमा प्रदेश सभा सदस्य र मन्त्रीका लागि धमाधम सुबिधासम्पन्न महलहरु निर्माण भैरहेका छन् । तर छेउकै बस्तीका बासिन्दालाई खोलो तर्ने पुल छैन ।
बस्ती समेत डुबानमा पर्दै आएको छ । बर्खाको त कुरै नगरौ हिउँदमा समेत ज्यान जोखिमा पारेर नदी वारपार गर्नुपर्ने अवस्था छ । लमही नगरपालिका -२ मा पर्ने सानो नदीमा २०६९ सालमै पुल निर्माण गर्ने भन्दै तत्कालीन सरकारले सर्भे गर्नुका साथै माटो परीक्षण गरेको थयो । तर अहिलेसम्म पुल बनेको छैन ।
दृश्य देखिने यो पुल लुम्बिन प्रदेशको राजधानीबाट करिब ८ किलोमिटर पश्चिम दक्षिण पर्ने सानो नदीको हो । बर्खाको त कुरै नगरौ हिउादमै पनि खोलामा खसिने हो कि ? भन्ने डरले लगलग खुट्टा कपाउदै वारपार गर्नुपर्ने अवस्था छ ।
बर्खा लागेपछि त यही धरापजस्तो सााधु पनि हुँदैन । नदी उर्लेर समतुल्य हुन्छ । औषधि उपचार गर्न बिरामीलाई अस्पताल लैजाने बाटो नै हुन्न ।
बर्खामा उर्लेर आउने बाढीबाट धेरै पटक डुवानमा पर्दै आउनु भएका प्रेमबहादुर पुन प्रदेशको राजधानीमा मन्त्रीका लागि १ बर्षमै आलिसान महल निर्माण हुान सक्ने तर नागरिकको बस्ती जोगाउन तटबन्ध र नदीमा पुल निर्माण गर्न नसक्नुको कारण बुझन कठिन भएको बताउनु हुन्छ ।
२०६९ सालमा अर्जुन नरसिह केसी स्थानीय विकास मन्त्री भएका बेला तत्कालीन नेता खुमबहादुर खड्काको आग्रहमा सरकारले लामही नगरपालिका -२मा पर्ने यो ठाउामा पक्की पुल निर्माण गर्ने योजना बनाएको थियो ।
यहाँको माटो पनि परीक्षण गरियो । अहिले नजिकै प्रदेशको राजधानी आइपुगे पनि यहाँका बासिन्दाले पुल देख्न पाएका छैनन । बरु धनजनको क्षति सहँदै आएको बताउँछन् ।
यो पुलबाट पश्चिम बरुवा, केरुन, छिङगटपुर,सोनपुर मझेरियालगायतका गाउाबस्ती छन् । पुर्वतिर महेन्द्रराजमार्ग छेउसम्म डोहडी बस्ती पर्छ । यिनै बस्तीका १ हजार ३ सय ८३ घरका करिब १५ हजार बासिन्दाको आवागमन बर्खामा पुरै ठप्प हुँदै आएको छ ।