नेपाल-भारत सांस्कृतिक सद्भावको प्रतीक : माध्यमिकी परिक्रमा

फाल्गुन २८, २०८१ |अमरकान्त ठाकुर
नेपाल-भारत सांस्कृतिक सद्भावको प्रतीक : माध्यमिकी परिक्रमा

जनकपुर । फाल्गुन कृष्णपक्षको औँशीदेखि सुरु भएको मिथिला क्षेत्रको धार्मिक आस्थाको धरोहर मिथिला माध्यमिकी परिक्रमा जारी छ । होली पूणिर्माका दिन सम्पन्न हुने १५ दिने यस धार्मिक पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका साधुसन्त र श्रद्धालु भक्तजनहरू ठूलो सङ्ख्यामा सहभागी छन् ।

मिथिला माध्यमिकी परिक्रमाको क्रममा प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापित शिवालयहरू कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथको परिक्रमा गर्ने परम्परा छ । 

धनुषा, महोत्तरीको १ सय ७ किलोमिटर र भारत विहारको २६ किलोमिटर गरी जम्मा १ सय ३३ किलोमिटर भूभागको दर्जनौा धार्मिक तथा ऐतिहासिक स्थलहरुको पद यात्रा गरिन्छ ।

नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवम् पारम्परिक सद्भावको प्रतीक बनेको मिथिला माध्यमिकी परिक्रमामा नेपालमा ११ र भारतमा ४ गरी १५ वटा विश्राम स्थलहरू छन् । 

मिथिला महात्म्य अनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइादै आइएको हो । यस क्रममा परम्परागत बाजागाजा, झााकी, कीर्तन सहितका मौलिक पहिरनमा लाखौं भक्तजन सहभागी हुन्छन् ।

परिक्रममा सहभागी श्रद्धालुको सुविधाका लागि पछिल्लो समय सम्बन्धित पालिका तथा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले बिजुली, खानेपानी, औषधि, आवासको व्यवस्था मिलाएका छन् । डोला राख्नको लागि प्रदेश सरकारले विश्राम स्थलहरू बनाएको छ भने संघ सरकारले परिक्रमा सडकलाई कालोपत्रे गरेको छ ।

सबैभन्दा लामो समयसम्म चल्ने मिथिला क्षेत्रको माध्यमिकी परिक्रमा अन्तर्गत जनकपुरको हनुमाननगर, भारत विहारको कलाणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही हुादै फेरि भारतको करुणा, विसौल र अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुने गर्दछ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement