हिंसा र दुर्व्यवहारविरुद्ध वीरगञ्जमा एकै दिन झन्डै १३ हजार महिलालाई आत्मरक्षा तालिम

कार्तिक २८, २०८१ |उपेन्द्र ठाकुर
हिंसा र दुर्व्यवहारविरुद्ध वीरगञ्जमा एकै दिन झन्डै १३ हजार महिलालाई आत्मरक्षा तालिम

पर्सा । महिलामाथि हुने हिंसा र दुर्व्यवहार नियन्त्रण गर्ने उद्देश्यले वीरगञ्जमा महिला आत्मरक्षा तालिम आयोजना गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाको आयोजनामा आदर्शनगर रंगशालामा बुधवार आयोजना भएको तालिममा १२ हजार ९ सय ७४ महिला, किशोरी र छात्राहरु सहभागी भए । 

नेपाल-भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न तालिमको माध्यमबाट महिलालाई आत्मरक्षाका लागि सबल बनाउनुका साथै एकै ठाउँमा ठूलो संख्यामा प्रशिक्षण दिएर विश्व कीर्तिमान कायम गर्ने लक्ष्य लिइएको छ ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement