प्रतिनिधिसभा निर्वाचनको तयारीबारे जानकारी लिन प्रधानमन्त्री कार्की ताप्लेजुङमा

पाथीभरामा पूजा, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकृतसँग छलफल
फाल्गुन १, २०८२ |आनन्द गौतम
प्रतिनिधिसभा निर्वाचनको तयारीबारे जानकारी लिन प्रधानमन्त्री कार्की ताप्लेजुङमा

ताप्लेजुङ ।  फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे जानकारी लिन प्रधानमन्त्री कार्कीको देश दौडाहा जारी छ ।

प्रधानमन्त्री कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङ पुग्नु भएको हो ।

त्यहाँ उहाँले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।

आजै बिहान उहाँले पाथीभरा माताको पूजाअर्चना गर्नुभएको छ । पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै “फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु” भनेर लेख्नु भएको छ ।

हिजो प्रधानमन्त्री कार्कीले सोलुखुम्बु र भोजपुरका सुरक्षा अधिकारीहरुसँग छलफल गर्नु भएको थियो ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।