मधेश प्रदेश सभाबाट राप्रपा सांसद कंचन बिच्छा पदमुक्त (पत्रसहित)

मंसिर १९, २०८२ |अनिल मिश्र
मधेश प्रदेश सभाबाट राप्रपा सांसद कंचन बिच्छा पदमुक्त (पत्रसहित)

जनकपुर । मधेश प्रदेश सभाले राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाकी प्रदेश सभा सांसद कंचन बिच्छालाई हटाएको छ ।

नेकपा एमालेको सरोजकुमार यादव नेतृत्वको सरकारमा पार्टीको नीति र अनुशासन विपरित वन तथा वातावरण मन्त्री बन्नुभएकी बिच्छालाई राप्रपाको सिफारिसमा प्रदेश सभाले हटाएको हाे । राप्रपाले तत्काल सरकारबाट बाहिरिन निर्देशन दिए पनि अटेर गरेपछि बिच्छाको प्रदेश सभा सदस्यको पद खारेज गर्न प्रदेश सभालाई गएको मंसिर १२ गतेनै पत्राचार गरेको थियो । 

प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० अनुसार राजनैतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को २ तथा प्रदेश सभा कार्यसञ्चालनसम्बन्धी नियमावली, २०७५ को नियम १९१ बमोजिम बिच्छालाई हटाएको सुचना मधेश प्रदेश सभाले शुक्रबार प्रकाशन गरेको छ । 

मधेश प्रदेश सभामा राप्रपाको एकमात्र महिला समानुपातिक सांसद कंचन बिच्छा रहनु भएकी थिइन ।

याे पनि :

राप्रपाले मधेस सरकारमा सहभागी वनमन्त्री बिच्छालाई हटाउन प्रदेश सभालाई पठायो पत्र


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।