ईश्वरलक्षित बादलको टिप्पणी : अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन

मंसिर १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
ईश्वरलक्षित बादलको टिप्पणी : अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

शुक्रबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीले ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेको बताउनुभएको हो । उहाँले मुलुकमा राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न पनि ओली नेतृत्वको विकल्प नभएको निष्कर्षमा पार्टी केन्द्रीय समिति पुगेको दाबी समेत गर्नुभयो । 

ओलीका नीति, विचार र उहाँले हासिल गर्नुभएको उपलब्धिले पनि उहाँलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक देखिएको उपाध्यक्ष थापाको जिकिर थियो । उपाध्यक्ष थापाले आम जनता, पार्टी कार्यकर्ता र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि एमालेले उहाँलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो । उहाँले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त नभएको समेत बताउनु भयो ।

उपाध्यक्ष थापाले पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउन आवश्यक देखिएको उल्लेख गर्दै त्यसका लागि विधानमा संशोधन गरेर अघि बढ्न आवश्यक रहेको समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.