नेपाली कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय
आश्विन ८, २०८२ |अमरकान्त ठाकुर
नेपाली कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जनकपुरधाममा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताउनुभयो । 

पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूलाई आजै फिर्ता बोलाएको पनि नेता यादवले जानकारी दिनुभयो । अब कांग्रेसले मधेश प्रदेशसमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पनि उहाँले बताउनुभयो । 

मुख्यमन्त्री सिंहलाई जनमतले यसअघि नै राजीनामा दिन निर्देशन दिए उहाँले प्रदेश सभा फेस गर्ने भन्दै राजीनामा दिन अस्वीकार गर्नुभएको थियो । यसअघि जनमतले आफ्नै पार्टी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर मङ्गलबारको प्रदेश सभा बैठकमा विपक्षी बेन्चमा बसेको थियो । 

जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेपनि मुख्यमन्त्री सिंहले लिखित राजीनामा दिनुभएको छैन ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।