सिरहा । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले स्वर्गीय नेता प्रदीप गिरी नेपालको गौरव भएको बताउनुभएको छ । सिरहाको लहानमा आयोजित गिरीको तेस्रो स्मृति सभालाई सम्बोधन गर्नुहुँदै कोइरालाले गिरी ज्ञानको खानी भएको र यसै कारण उहाँलाई कांग्रेसको मात्र नभई सबैको साझा नेता बनाएको बताउनुभयो ।
उहाँले गिरीले देखाएको बाटो अंगिकार गरेर हिँड्न सबैलाई आग्रह गर्नुभयो ।
'उहाँ ज्ञानको खानी हुनुहुन्थ्यो, त्यसैले उहाँ कांग्रेसबाट राजनीति गरे पनि सबैको साझा नेता बन्न पुग्नुभयो,' कोइरालाले भन्नुभयो, 'हामी सबैले उहाँले देखाएको बाटो हिँड्ने संकल्प गरौं ।'
गिरीले बीपीको विरोध नभई प्रश्न गर्ने काम गरेको कोइरालाको भनाई छ । 'मलाई पहिला-पहिला उहाँले बीपीको विरोधको विरोध गर्नुहुन्छ जस्तो लाग्थ्यो,' उनले भन्नुभयो, 'तर, उहाँले प्रश्न गर्नुहुन्थ्यो, विरोध र प्रश्नमा फरक हुन्छ ।'