सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन ध्यान देओस् : देउवा (पूर्णपाठसहित)

आश्विन २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन ध्यान देओस् : देउवा (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनको वातावरण बनाउनका लागि ध्यान दिनुपर्ने बताउनुभएको छ ।

जेन-जी आन्दोलनपछि पहिलो पटक मंगलबार पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएका उहाँले पार्टी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै सो आवश्यकता औंल्याउनुभएको हो । सभापति देउवाले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरे पनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा बन्न नसकेको उल्लेख गर्दै सबै दललाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक वातावरण सरकारले बताउनुपर्ने बताउनु भयो ।

सभापति देउवाले देश र जनताको पक्षमा आफूले सकेको योगदान दिएको पनि बताउनु भयो । यस्तै सभापति देउवाले गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनको क्रममा भएका घटनाहरूको सत्य तथ्य छानबिन गर्न माग गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.