मधेशका मुख्यमन्त्री सिंहद्वारा राजीनामा, पार्टीले नै आफूलाई बदनाम गराउन प्रपञ्च रचेको आरोप

प्रदेशसभामा विश्वासको मतको प्रस्ताव पेश गर्नुअघि नै राजीनामाको घोषणा/
आश्विन २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
 मधेशका मुख्यमन्त्री सिंहद्वारा राजीनामा, पार्टीले नै आफूलाई बदनाम गराउन प्रपञ्च रचेको आरोप

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नै पार्टी जनमतले प्रपञ्च रचेको र सरकारमा सहभागी दलहरूले बचन फेरेको आरोप लगाउँदै राजीनामा दिनुभएको छ ।

मधेश प्रदेश सभामा मंगलबार विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुअघि उहाँले सभालाई सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । वर्तमान परिस्थितिमा मार्गप्रशस्त गर्दै मुख्यमन्त्रीको पदबाट राजीनामा गरेको सिंहले घोषणा गर्नुभयो । 

यसअघि विश्वासको मतको तयारीमा रहनु भएका सिंहले प्रदेशसभामा अल्पमतमा परेपछि विश्वासको मत नलिँदै राजीनामा दिनुभएको हो । सभामुख रामचन्द्र मण्डलले उहाँलाई विश्वासको मत नलिएको हुनाले प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा दिन निर्देशन दिनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.