धनतेरसलक्षित चाँदीको सिक्का बिक्री सुरू

आश्विन २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनतेरसलक्षित चाँदीको सिक्का बिक्री सुरू

काठमाडौं । तिहारको धनतेरसलक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री सुरू गरेको छ ।

राष्ट्र बैंकले धनतरेसलक्षित चार प्रकारका सिक्का बिक्री सुरू गरेको हो । बिक्री वितरण सुरू भएसँगै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा सिक्का किन्नेहरुको भीड लागेको छ। यो वर्ष सुनका असर्फी भने बिक्री नगरिने राष्ट्र बैंकले जनाएको छ ।

महाशाखाका अनुसार लक्ष्मी, गणेश र गजलक्ष्मी तथा गाई अकिंत १० ग्रामका सिक्का ३ हजार दुई सय रुपैयाँका दरले वितरण गरिएको छ । प्रतिव्यक्ति एक एकवटा मात्रै सिक्का दिइने पनि बैंकले जनाएको छ । सिक्का खरिद गर्न जाँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको परिचयपत्र देखाउन महाशाखाले अनुरोध गरेको छ ।

यसवर्ष सुनका असर्फी भने बिक्री नगरिने राष्ट्र बैंकले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.