सुदूरपश्चिम प्रदेश सरकारमा अध्यक्ष श्रेष्ठको निर्देशन विपरीत नाउपाका रामेश्वर चौधरी मन्त्रीमा नियुक्त

जेष्ठ ४, २०८२ |टेकराज जोशी
सुदूरपश्चिम प्रदेश सरकारमा अध्यक्ष श्रेष्ठको निर्देशन विपरीत नाउपाका रामेश्वर चौधरी मन्त्रीमा नियुक्त

कैलाली । नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनु भएको छ ।

चौधरीले आजै साँझ ५ बजे पद तथा गोपनीयताको शपथ गर्ने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन विपरीत संसदीय दलले मन्त्रीमा चौधरीको नाम सिफारिस गरेको हो । अध्यक्ष श्रेष्ठले भने प्रदेश संसदीय दललाई लिखित पत्र पठाउँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कैलाश चौधरीलाई पठाउन निर्देशन दिनु भएको थियो ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।