एकताका लागि खड्काका चार शर्त

वैशाख १५, २०८३ |कान्तिपुर टीभी संवाददाता
एकताका लागि खड्काका चार शर्त

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षीय नेताहरुले एकताका लागि चार शर्त अघि सार्नुभएको छ ।

बैठकमा समसामयिक राजनीतिबारे ब्रिफिङ गर्दै खड्काले पार्टी एकताका लागि सभापति गगन थापा पक्षले कम्तिमा चार वटा शर्त मान्नुपर्ने बताउनुभएको थियो । उहाँले विशेष महाविधेशनबाट आएको केन्द्रीय कार्यसमिति र १४औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई एकीकृत बनाउनुपर्ने शर्त अघि सार्नुभएको छ । एकीकृत केन्द्रीय कार्यसमितिले नै कामकारबाही गर्नुपर्नेमा उहाँको जोड छ । यसैगरी दुवै पक्षलाई समेटेर १५औँ महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने र १५औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति पनि दुवै पक्षलाई समेटेर सहमतिमा बनाउनुपर्ने उहाँले शर्त अघि सार्नुभएको छ । यसैगरी क्रियाशील सदस्यता छानबिन समिति पनि दुवै पक्षलाई समेटेर सहमतिकै आधारमा बनाउनुपर्ने उहाँको माग छ । पार्टीको १५ औं महाधिवेशनलाई एकताको महाधिवेशन कसरी बनाउने भन्ने विषयमा केन्द्रित रहेको नेता मीन विश्वकर्माले जानकारी दिनुभयो । बैठकमा १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति, केन्द्रिय पदाधिकारी, सदस्य, जिल्ला सभापति र प्रदेश सभापतिहरू सहभागी छन् । संयुक्त छलफलमा फागुन २१ म सम्पन्न निर्वाचनको समीक्षा, पराजयका कारणको खोजी तथा आगामी महाधिवेशनको तयारीबारे छलफल भइरहेको छ ।

नेता विश्वकर्माले पार्टीभित्रको एकता कायम राख्दै १५ औँ महाधिवेशनलाई सबै पक्षलाई समेट्ने साझा महाधिवेशनका रूपमा सम्पन्न गर्ने विषयमा छलफल जारी रहेको जानकारी दिनुभयो ।

बैठकमा शेखर कोइराला समूह भने उपस्थित भएको छैन । कोइरालाले पनि आफ्नो पक्षको छुट्टै भेला बोलाउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.