.jpeg&w=1000&height=550)
काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरू गरेको छ ।
पाइलट परियोजनाको रूपमा बुधबारदेखि कार्यन्वयनमा यस कार्यको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुभारम्भ गर्नुभएको हो । कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटरराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाइ सुरुवात गरिएको हो ।
अर्थमन्त्रीले दिएको यस्तो आदेशपश्चात् अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो अर्धमासिक प्राप्त गरेका छन् ।