काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मंसिर १७ गते चीन भ्रमणमा जान लागेको देशकै हितका लागि भएको जनाउँदै घुम्न जान नलागेको जिकिर गर्नु भएको छ ।
नेकपा एमालेले काठमाडौंको दरवारमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नु भयो, 'म घुम्नका लागि होइन, देशको हितका लागि यो भ्रमण गर्दैछु । भ्रमणपछि हेर्नु होला ।'