रास्वपाका महामन्त्री ढकाललाई पार्टी अनुशासन आयोगले सोध्यो स्पष्टीकरण

असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपाका महामन्त्री ढकाललाई पार्टी अनुशासन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकाललाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ ।

पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै आयोगले ढकाललाई स्पष्टीकरण सोधेको रास्वपाका सांसदसमेत रहनुभएका शिशिर खनालले जनाउनुभयो ।

ढकालले ३८ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि त्यसभित्रका बुँदाहरु सार्वजनिक गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

यद्यपि महामन्त्री ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई सभापतिले स्पष्टीकरण नसोधेको जनाउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘पत्रपत्रिकामा आएअनुसार मलाई अहिलेसम्म पार्टी सभापतिले स्पष्टीकरण सोध्नुभएको छैन । सबैको जानकारीका लागि ।’

यो पनि...

पार्टी दुर्घटनाउन्मुख छ : रास्वपाका महामन्त्रीको प्रतिवेदन

पार्टी बिरामी परेको छ, समयमै अस्पताल लगेर सर्जरी नगरे सकिन्छ : महामन्त्री मुकुल ढकाल

रास्वपाभित्र बहस : महामन्त्रीको प्रतिवेदन कार्यान्वयन कि महामन्त्रीलाई नै कारबाही ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.