काठमाडौं । एलेक्सान्डर मिट्रोभिकले ह्याट्रिक गरेपछि साउदी अरेबियाको अल हिलालले एएफसी च्याम्पियन्स लिग एलिटमा सहज जित हात पारेको छ ।
एएफसी च्याम्पियन्स लिगमा अल हिलाले आफ्नो अपराजित यात्रालाई कायमै राख्यो । अल हिलालले इरानको एस्टेगलाल एफसीलाई ३-० ले पराजित गरेको हो । यस जितसँगै अल हिलाल प्रतियोगिताको नकआउट चरणको नजिक पुगेको छ । तर नेयमार फेरी घाइते भएपछि अल हिलाल मुख्य प्रशिक्षक जर्ज जेससको चिन्ता थपिएको छ ।
किंगडम एरिनामा मिट्रोभिकले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । अल दवासरीको इन-स्विङ क्रसमा मिट्रोभिकले पोष्टको नजिकै बाट प्रहार गरेको भलिले जाली चुम्यो । ३३ औं मिनेटमा रेनान लोदीको पासमा मिट्रोभिकले ट्याप-इन गर्दै गोल गरेपछि अल हिलालले २-० को अग्रता बनायो ।
अल हिलाल मुख्य प्रशिक्षक जर्ज जेससले अल हम्दानको स्थानमा नेयमारलाई मैदानमा पठाए तर चोटको कारण लामो अनुपस्थिति पछि हालै मात्र कमब्याक गरेका नेयमार पुन यस खेलमा पनि चोटग्रस्त हुन पुगे । ७४ औं मिनेटमा सर्बियाका जोआओ क्यान्सेलोको क्रसमा गोल गर्दै मिट्रोभिचले ह्याट्रिक पूरा गरे ।
यस जितसँगै अल हिलाल एएफसी च्याम्पियन्स लिगको नकआउट चरणको नजिक पुगेको छ । अल हिलाल ४ मध्ये चारै खेल जित्दै तालिकाको शीर्ष स्थानमा छ । ४ मध्ये १ खेल जितेको एस्टेगलाल सातौं स्थानमा छ ।